सौता हत्या आरोपमा पक्राउ

.हत्या आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा हुन्।

Dadeldhura hospital

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो। पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ। यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो बारीमा मृत फेला परेकी थिइन्। उनको घाँटी र मुखमा चोट थियो। नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ।

Loading...