लागुऔैषधसहित १ जना पक्राउ

Dadeldhura hospital

धनगढी, १० माघ– कैलाली प्रहरीले लागुऔषध (चरेश) सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ४ एकताटोल बस्ने वर्ष ५० को नरबहादुर धामीलाई सोही ठाउँबाट लागुऔषध सहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै ९०० ग्राम लागुऔषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका धामी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...