सुदूरपश्चिममा एकै दिन थपिए ५५० जना कोरोना संक्रमित पृष्टी, एकको मृत्यु

धनगढी, १० माघ– सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५५० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १ हजार ५४७ नमुना परीक्षण गर्दा थप ५५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

Dadeldhura hospital

निर्देशनालयका अनुसार ३६३ नमुना पिसिआर गर्दा २२४ जना र एक हजार १८४ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको हो । त्यस्तै २४ घण्टामा ६३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका १०३ जनामा संक्रमण पुष्टि भएको छ ।

Navadurga sun
Godawari sandesh

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ३१ जना, गड्डाचौकी नाकामा ६६ जना, झुलाघाट नाकामा ३ जना र पुलघाट नाका दार्चुलामा ३ जना गरी १०३ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका १ का ७७ बर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Loading...