टीकापुरका आमालाई जाउलो बनाउन सिकाइँदै

टीकापुर, १० माघ– चौध महिनाको बच्चाकी आमा रीता चौधरीलाई यसअघि बच्चा स्याहार गरिरहे पनि ‘धेरै कुरा सिकेको रहेनछु’ भन्ने लागिरहेको छ। कैलालीको टीकापुर–४ की उनीलाई आइतबार वडा नं ४ मा भएको गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले जाउलो पकाउन सिकाएँ। जाउलो पकाउने तरिका सिकेपछि उनीलाई लाग्यो आफूले त पोषणयुक्त खानेकुरा मिसाएर खुवाउन जानेकै रहेनछु।

Ganyapdhura gau

“विगतमा मैले बच्चालाई खुवाउने तरिका र अहिले जाउलो पकाउन सिक्दा धेरै फरक रहेछ”, उनले भनिन्, “जाउलोमा जे घरमा छ त्यही खानेकुरा हाले पकाएर खुवाउँथे। बच्चाको खानपान तथा स्वास्थ्यमा लापरवाही गर्न हुने रहेनछ। बच्चालाई आवश्यक पोषणयुक्त खाना मिसाउन जरुरी छ भन्ने सिकेँ।” त्यस्तै, १३ महिनाको बच्चाकी आमा प्रिया चौधरीले छ महिनासम्म आफ्ना दूधमात्रै खुवाउनुभएको थियो। छ महिनापछि अन्य खानेकुरासमेत खुवाउन थालेकी उहाँले बच्चा स्याहारबारे थप ज्ञान सिकेकी छिन्। “पहिला म दाल, चामल र साग मिसाएर जाउलो पकाउँथे, नरम खाना भए पुग्छजस्तो लाग्थ्यो”, उनले भनिन्, “यहाँ आएपछि थाहा पाए, कम्तीमा चार प्रकारका खाना मिसाएर बच्चालाई खुवाउनुपर्ने रहेछ, जाउलोमा चामल, विभिन्न थरिका मिसाइएका दाल, सागपात, अण्डा मिसाएर पकाउनुपर्छ। जुन खाना बच्चालाई पोषिलो हुन्छ।”

Navadurga sun

टीकापुर नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाले हरेक वडामा रहेका गाउँघर क्लिनिकमा जाउलो पकाउन सिकाएपछि हजार दिनका आमा बच्चा कसरी स्याहार्ने भन्नेमा थप सचेत भएको बताउँछन्। “मेरो पहिलो बच्चालाई मैले राम्ररी स्याहार गरिन भनेर पछुतो लाग्छ, अहिले दोस्रो बच्चा आठ महिनाको छ, अहिले राम्ररी स्याहार्न सिकेकी छु”, टीकापुर–५ की सन्ध्या विकले भनिन्, “बच्चाको पोषणमा दुई वर्षभित्रै ध्यान दिनुपर्ने रहेछ भन्ने सिकाइ भएको छ। पहिलो बच्चा राम्ररी नस्याहारेका कारण कमजोर छ बिरामी भइरहन्छ। अब दोस्रो बच्चा राम्ररी स्याहार्न थालेकी छु।”

Dadhaldhura pur

नगरपालिकाले बच्चाको पोषण सुधारका क्षेत्रमा योजना बनाएर काम गरिरहेको छ। नगरपालिकामा सङ्घीय सरकारमार्फत बहुक्षेत्रीय पोषण योजनाका आंशिक कार्यक्रम सञ्चालनमा छन्। त्यसबाहेक पनि नगरपालिकाले आफ्नै स्रोतबाट पनि कुपोषण न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्ने, खानपानमा बानी सुधार गर्ने, पोषिलो खाना दिनेलगायतका विभिन्न कार्यक्रम गर्ने गरेको छ।

हरेक महिना हुने गाउँघर क्लिनिकमा हजार दिनका आमालाई बच्चालाई खुवाउने जाउलो पकाउन सिकाइन्छ। स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघर क्लिनिकमा हजार दिनका आमाहरुलाई जाउलो पकाउन सिकाउने गर्दछन्। गाउँघर क्लिनिकमा जाउलो पकाउने, जाउलो पकाउँदा आवश्यक पर्ने सामान र खाने तरिकाबारे हजार दिनका आमालाई सिकाउने गरिएको महिला स्वास्थ्य स्वयंसेविका कमला चौधरीले बताइन्।

बच्चालाई जन्मेदेखि छ महिनासम्म आमाको दूधमात्रै चुसाउनुपर्छ। बच्चा छ महिना पूरा भएपछि आमाको दूधसँगै जाउलोलगायतका नरम खानेकुरा खु्वाउनुपर्छ। बच्चाको पोषणमा आमालाई जिम्मेवार बनाउन जाउलो पकाउन सिकाउने गरिएको सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्। “नगरपालिका २२ ठाउँमा यसरी हजार दिनका आमाहरुलाई हरेक महिना जाउलो पकाउन सिकाउने गरिएको छ”, सिनियर अनमी ज्ञवाली भन्छिन्, “जाउलो पकाउनका लागि आवश्यक सामान नगरपालिकाले दिने गरेको छ।”

उनका अनुसार नगरपालिकाले घरमा पनि यसैगरी पोषिलो खानेकुरा प्रयोग गरेर पकाएको खानेकुरा बच्चालाई खुवाउन आमाहरुलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम गर्ने गरेको हो। नगरपालिकाले यसका साथै गाउँघर क्लिनिकमा स्वास्थ्यकर्मीको उपस्थितिमा महिला र बालबालिकाका स्वास्थ्य समस्याबारे नियमित छलफल गर्ने गरेको छ।

छलफलमा आएका समस्यालाई तत्काल सम्बोधनको व्यवस्था रहेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए। “हामीले पोषणलाई महत्व दिएर काम गरिरहेका छौँ, हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर बनाइएको छ। यसले कस्तो खाना खानुपर्छ भन्ने सन्देश दिन्छ”, उनी भन्छिन्, “यसका साथै विविध कार्यक्रम गर्छौं, पोषणयुक्त खानेकुराबारे गर्भवती तथा हजार दिनका आमालाई सिकाउने, परिवारका सदस्यलाई सिकाउने र सुत्केरीलाई पोषण कोसेली वितरण गर्नेलगायतका कार्य गरिरहेका छौँ।” (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...