बैतडी कांग्रेसले सबै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

बैतडी, ४ माघ– नेपाली कांग्रेस बैतडीले जिल्लाका १० ओटै पालिका र ८४ ओटै वडामा पार्टीको प्रोफायल तयार पार्ने भएको छ । मंगलबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको बैठकले यस्तो निणर्य गरेको हो ।प्रोफाइलमा क्रियाशील सदस्यहरुको नामावली, टोल समितिका सदस्यहरु लगायतको तथ्यांक अद्यावधिक गरिने जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए ।

त्यस्तै आगामी फागुन ७ गते जिल्लाका ८४ ओटै वडामा एकैदिन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको मासिक बैठक प्रत्येक महिनाको २८ गते र आवश्यकता अनुसार प्रत्येक पालिकामा घुम्ती बैठक बस्ने निणर्य समेत बैठकले गरेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बैठकले पार्टीका गतिविधिलाई चलायमान बनाउन माघ १६ गते भातृसंस्था र शुभेच्छुक संस्थाका पदाधिकारीहरुसंग परामर्श बैठक बस्ने निणर्य गरेको छ । पार्टीका १० वटै पालिकामा नयाँ फेसबुक खोल्ने, अनधिकृत रूपमा खोलिएका आइडी बन्द गर्न लगाउने, विधान अनुसार बैतडी-काठमाडौं, बैतडी-कञ्चनपुर, बैतडी-कैलाली सम्पर्क समिति गठन गर्ने, कोभिड रोकथाम र नियन्त्रणका लागि कांग्रेसका सबै तहका पार्टीका निकाय सुभेच्छुक भातृ संस्थालाई सतर्कता अपनाई मानवीय स्वास्थ्य सेवामा सहयोग पुर्याउने निणर्य गरिएको छ ।

यसैबीच बैठकले पार्टीको जिल्ला कोषाध्यक्षमा चक्रबहादुर चन्दलाई मनोनित गर्ने निणर्य सर्वसम्मतिले पारित छ । निर्वाचित जिल्ला कार्यसमिति सदस्यहरु मध्येबाट सभापतिको प्रस्तावमा कोषाध्यक्ष मनोनित गर्नुपर्ने वैधानिक व्यवस्था अनुसार चन्द सर्वसम्मत रुपमा कोषाध्यक्षमा मनोनित भएका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सचिव समेत रहीसकेका चन्द नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष समेत भईसकेका छन् । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा सोमबार क्षेत्रीय सभापति र पालिकाका सभापतिहरुसंग परामर्श गरिएको थियो ।

Loading...