अखिल नेपाल फुटबल संघ ‘एन्फा’ अन्तर्गत समुह ‘ए’ दिपज्योती शिर्ष स्थानमा

भोली समुह ‘बि’ अन्तर्गतका तीन खेल हुने

कञ्चनपुर, ४ माघ– अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ ४ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् । जसमा डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब समूह ‘ए’ बाट लिगको शिर्ष स्थानमा स्थान सुरक्षित गरेको छ । मंगलबार भएका लिगका तीन खेलमा सेक्युर्ड नेपाल, युथ क्लब अफ महाकाली र दिपज्योती युवा क्लबले जित निकालेको हो ।

Dadeldhura hospital

माघ ४ गते मंगलबार भएको पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लब बिच भएको खेलमा सेक्युर्ड नेपालले द ग्यालेक्सी लाई ११-० गोलको अन्तरले हराउदै लिगका खेलमा दुई हारका साथै दुई जित निकाल्दै ६ अंक जोडन सफल भएको छ । भने द ग्यालेक्सी युथ क्लब चार हारका साथ अंक बिहिन रहेको छ । दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकाली बिच भएको खेलमा राम युवा क्लब लाई १-२ गोलको अन्तरले हराउदै युथ क्लब अफ महाकालीले तीन जितका साथै ९ अंकको साथ समूह ’ए’ को दोस्रो स्थानमा रहेको छ । भने लगातार चार हारका साथ राम युवा क्लब अंक बिहिन रहेको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी उक्त दिनको अन्तिम खेल दिपज्योती युवा क्लब र अरनिको युवा क्लब बिच भएको खेलमा दिपज्योतीले १-० गोलको अन्तरले अरनिको युवा क्लब लाई हराउदै चार जितका साथ १२ अंक जोड्दै समूह ’ए’ को शिर्ष स्थानमा उक्लिएको छ । अरनिको युवा क्लबले लिगका तीन खेल खेल्दै दुई जित एक हारका साथ ६ अंकमा रहेको छ ।

त्यस्तै बुधबार तीन खेल हुने भएका छन् । जसमा पहिल खेल निङ्गलाशैनी युवा समाज र आदर्श नेपाल बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र महेन्द्रनगर युनाइटेड बिच दिउँसो १ बजे हुने छ । उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र त्रीपुरा समाज बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताए । जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरुको सहभागिता रहेको छ । जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ । जसमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरि खेलकुद संचालन हुने छन् ।

Loading...