कृषि उपज थोक बजार अत्तरियाको अध्यक्षमा पुनः नन्दलाल भट्ट





अत्तरिया, २९ पुस– कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः नन्दलाल भट्ट निर्विरोध चयन भएका छन । बुधबार कृषि उपज थोक बजारमा भएको भेलाले अध्यक्षमा पुनः भट्टलाई चयन गरेको हो । भट्ट स्थापना कालदेखि समितिको अध्यक्ष रहेका छन । भट्ट कृषक प्रतिनिधिबाट अध्यक्षमा निर्वाचित भएका हुन ।



यस्तै समितिको सदस्यमा व्यवसायीक तर्फबाट हरिदत्त भट्ट, तेजराज पनेरु, अमर सिह महरा, कृषकको तर्फबाट डिल्ली राज जोशी र महिला सदस्य मन्तोरा राना चयन भएका छन । निर्वाचित पदाधिकारीलाई बिहिबार प्रमाणपत्र वितरण गरिएको छ । प्रमाण पत्र गोदावरी नगरपालिकाका नगरप्रमुख हरीसिंह साउँदले वितरण गरेका हुन् ।


निर्वाचन अधिकृत छेदीप्रशाद यादवले समितिमा थप ४ जना पछि मनोनित गरिने जानकारी दिए । स्थानीय निकायका प्रतिनिधि १ जना, कृषि÷पशु कार्यालय अधिकृत १ जना, जिल्ला समन्वय समितिबाट १ जना र बजार व्यवस्थापक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।



