एन्फाको वार्षिक कार्यतालिका अनुसार कञ्चनपुर जिल्ला लिगको खेल तालिका सार्वजनिक

कञ्चनपुर,१७ पुस– अखिल नेपाल फुटबल सङ्घ ’एन्फा’ को वार्षिक कार्यतालिका अनुसार सञ्चालन हुने कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । शनिवार कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले खेल तालिका सार्वजनिक गरेको सङ्घका महासचिव रमेश चन्दले बताए ।

Dadeldhura hospital

जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र क्लबका प्रतिनिधिको उपस्थितिमा गोला प्रथाको आधारमा खेल तालिका सार्वजनिक गरिएको जिल्ला लिग संयोजक चन्द्र सिंह थलालले बताए ।

Navadurga sun
Godawari sandesh

सङ्घमा आबद्ध दुई क्लबको भने सहभागिता नरहेको र जसमा जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी रहेका छन् । लिग संयोजक चन्द्रका अनुसार समूह ’ए’ मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब, द ग्यालेक्सी युवा क्लब, सेक्युर्ड नेपाल, राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह ’बि’ मा कञ्चन समाज, रोयल गोर्खाज यूथ सर्कल,निङ्गलाशैनी युवा समाज, त्रिपुरा समाज, महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् ।

प्रतियोगिता यही पुस २२ गते देखि महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ । लिगको उद्घाटन खेल जिल्ला लिग डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र द ग्यालेक्सी युवा क्लब बिच हुने भएको छ ।

Loading...