कैलालीकाे धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालनको तयारी

धनगढी, ९ पुस– सुदूरपश्चिमको अस्थायी राजधानी कैलालीको धनगढीमा संघीय सरकारले १६ करोड बढीको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल तयार भएको छ। धनगढी उपमहानगरपालिका वडा न‌ं. १३ राजपुरमा आयुर्वेद अस्पताल तयार भएको हो ।

Ganyapdhura gau

त्यस्तै संघीय सरकारको मातहतमा निर्माण भएको अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएर सञ्चालन गर्ने तयारी थालिएको छ। माघदेखि अस्पताल सञ्चालनका लागि तयारी थालिएको अस्पताल निर्देशक डा. खगेन्द्रबहादुर बमले जानकारी दिए।

Navadurga sun

प्रदेश सरकारको मातहतमा ल्याउने प्रक्रिया अगाडि बढेको छ । प्रदेश सरकारले तत्काल स्वामित्व पाए माघदेखि नै केही सेवा सुचारु गर्ने तयारी समेत गरेकाे डा. बमले बताए ।

Dadhaldhura pur

प्रादेशिक आयुर्वेद अस्पतालमा ८ विभाग भए पनि सुरुमा प्रदेश सरकारले चार विभाग मात्र सञ्चालन गर्ने तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ।

प्रत्येक विभागमा एक/एक जना विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकलाई सहयोगका लागि थप एक/एक जना चिकित्सक, कविराज, वैद्य, स्टाफ नर्स, एएनएम तथा प्रयोगशालाका कर्मचारीसमेत प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि आवश्यक हुने छन्।

अस्पतालका निर्देशक डा. बमले ती कर्मचारी भर्ना गर्नका लागि दरबन्दी स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी दिए। अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद पनि भइसकेको डा. बमले बताए। ‘अस्पतालका लागि आवश्यक केही उपकरण खरिद भइसकेको छ,’ बमले भने, ‘बाँकी उपकरण पनि खरिद गर्ने तयारीमा छौं।’

अस्पतालबाट आयुर्वेदिक विधिको उपचार, फिजियोथेरापी, शल्यचिकित्सा, योग, पूर्वकर्म/पञ्चकर्म, अत्याधुनिक प्रयोगशालालगायत सेवाहरू प्रदान गरिने अस्पतालका निर्देशक डा. बमले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...