सुदूरपश्चिम प्रादेशिक महोत्सव २७ गतेबाट अत्तरियामा हुने, यस बर्ष स्थान परिर्वतन

अत्तरिया, ८ पुस- कैलालीको अत्तरियामा महोत्सब सन्चालन हुने भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बिगत २ बर्ष देखी हुन नसकेको महोत्सव यस बर्ष भने हुने भएको हो । प्रत्येक बर्ष महोत्सव आयोजना गर्दै आएको अत्तरिया उधोग वाणिज्य संघले बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्वसका बारेमा जानकारी गराएको हो ।

‘सम्वृद्ध प्रदेशको आधार : कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ यही पुस २७ गतेदेखी माघ ९ गते सम्म छैठो संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव – २०७८ को आयोजना गरिएको अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

बिगत २ बर्ष देखी हुन नसकेको महोत्वसलाई यस बर्ष भने निरन्तरता दिने निर्णय अनुसार छोटो समयमा तयारी थालिएको उनले बताए । यस बर्ष महोत्सव लाग्ने स्थान भने परिर्वतन गरिएको छ ।

बिगत देखी लामी ताल परिसरमा लाग्दै आएको महोत्सव यस बर्ष भने अत्तरिया चोकको पूर्वपट्टी रहेको दुर्गा मन्दिरको पछाडीको खाली भागमा महोत्वस संचालन हुने अध्यक्ष देवकोटाले बताए ।

Dadeldhura hospital

पुरानो ठाउँ लामी ताल परिसरमा ट्याक्टर चल्ने गरेको र त्यसले गर्दा खाल्डाखुल्डी भई पानी जमेका कारण यस बर्ष नयाँ ठाउँमा महोत्सव आयोजना गर्ने निर्णय भएको उनले बताए ।

महोत्सवमा दर्शकहरुको मनोरञ्जनका लागि रमाईलो मेला, बाल उधान, सुदूरपश्चिम प्रदेशका नवप्रतिभावान कलाकारका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने उनले बताए । महोत्सवमा १ सय ५० ओटा विभिन्न खाले ब्यापारिक स्टलहरु रहने भएका छन् ।

सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका भेषभुषा, रितिरिवाज, चालचलनलाई समेट्ने गरी लाग्ने महोत्सवमा करिव ५० लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष देवकोटाले बताए । महोत्सवलाई १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

१३ दिनसम्म संचालन हुने महोत्सवमा १ देखी डेढ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव अवधिभर सुरक्षा व्यवस्थामा निकै कडाई गरिने अत्तरिया उद्योग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले बताए ।

यो संगै कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा पनि बिषेश ध्यान दिइएको उनले बताएका छन् । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ५० र विद्यार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ ।

यस्तै महोत्सवमा शारिरिक रुपमा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश गराइने उधोग वाणिज्य संघले जनाएको छ । महोत्सव बिहान १० बजेदेखी साझँ ५ बजे सम्म संचालन हुनेछ ।

Loading...