कैलालीको अत्तरियामा डेकोरेसन सम्वन्धी तालिम सुरु

अत्तरिया, ८ पुस- कैलालीको अत्तरियामा बिहीबारबाट कृतिम फुल तथा बेलुनको डेकोरेसन तालिम सञ्चालन गरिएको छ । विप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्टको आयोजनामा सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । सुदूरपश्चिममै यस्तो किसिमको तालिम पहिलो पटक सञ्चालन तालिम ७ दिन सम्म सञ्चालन गरिने छ भने तालिममा करिब २ सय ५० जनालाई सहभागि गराइने आयोजकले जनाएको छ ।

Ganyapdhura gau

विवाह सँगै अन्य श्रृंगारिक सजावटको माग बढेको भएपनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएका कारण डेकोरेसन तालिम आयोजना गरिएको विप्लभ ईभेन्ट प्लानिङ्ग एण्ड मेनेजमेन्टका सञ्चालक विनोद मल्लले बताए । आजभोली हरेक कार्यक्रममा गेट, मञ्चदेखी टेन्ट सजावट गरी श्रृंगार गरिन्छ तर यहाँ सजावटका लागि मानिस अभाव भएर भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए ।

Navadurga sun

‘हाल यहाँ फुल तथा बेलुनको डेकोरेसन गर्ने मानिसको अभाव हुँदा भारतबाट मानिस ल्याउनु पर्ने अवस्था छ । जसले गर्दा लाखौ रकम विदेशिने गरेको छ’ उनले भने ‘तालिम दिएपछि यस क्षेत्रमै दक्ष जनशक्ति उत्पादन हुने छन ।’ भारतबाट एकजना प्रशिक्षक बोलाएर तालिम सञ्चालन गरिएको उनले बताए । ‘हरेक कार्यक्रममा बेलुन र फुलकै सजावट रहेको छ तर हामीलाई त्यो सजावट गर्न आउदैन’ उनले भने ‘जन्मदिन, बैबाहिक बर्षगाठ लगायतका कार्यक्रमका लागि हामिले एक हजारको सामानमा सजावट गरेर ५ हजार तिर्नुपर्ने बाध्यता छ ।’

Dadhaldhura pur

फुल तथा बेलुनको डेकोरेसन तालिम संगसंगै संस्कृति झल्काउने खालका पहिरनहरु र बेतबासका सामाग्री निर्माण तालिमको पनि आयोजना गर्ने तयारीमा रहेको सञ्चालक मल्लले बताए । आजबाट सञ्चालन गरिएको तालिम १४ गते सम्म सञ्चालन हुने आयोजक मल्लले जानकारी दिए। तालिममा कैलाली कञ्चनपुरबाट सहभागी छन भने उक्त तालिमबाट ७ जना उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीको समेत व्यवस्था गरिएको मल्लले बताए ।

प्रशिक्षण लिनका लागि १० जनाको समुहमा सहभागी गराईने र जसका लागि प्रति सहभागि ५० रुपैयाँ मात्रै शुल्क तोकिएको आयोजनकले जनाएको छ ।

उद्योग बाणिज्य संघ कैलालीका पुर्व अध्यक्ष दिनेश भण्डारीले सीपको पनि अतिआश्यक रहेको बताए । पढाईले मात्र प्रयाप्त नहुने भएकोले सीपले आत्म निर्भरता बढाउनुको साथै आत्म विश्वास समेत बढाउने भण्डारीले बताए । आफुले सिकेको सीप संधै प्रयोगमा ल्याउनु पर्ने उनले बताए ।

त्यस्तै डेकोरेसन तालिम उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ कैलालीका पुर्व अध्यक्ष दिनेश भण्डारी, नवजिवन सहकारी संस्थाका कार्यसमिती सदस्य धन बहादुर शाह, रुवस होटलका सञ्चालक प्रकाश भट्ट, युवा व्यवसायी प्रमोद अधिकारी, युवा नेता तेज खडका लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...