सभामुख सापकोटा माओवादीका दुत हुन् : लेखराज भट्ट

धनगढी, ७ पुस– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्नीप्रसाद सापकोटा माओवादी पार्टीको दुत भएको आरोप लगाएका छन् ।

Ganyapdhura gau

प्रेस चौतारी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सभामुख पार्टी दुतको रुपमा काम गरिरहेको धारणा राखेका हुन् ।

Navadurga sun
Dadhaldhura pur

सभामुखकै गतिविधिले संसद चल्न नसकेको उनले बताए । ‘सभामुख पार्टीको विशेष दुुत बनेर काम गरिराखेका छन्,’ उनले भने, ‘संसदीय मर्यादा कसरी कायम राख्ने ? कसरी चलाउने भन्ने ज्ञान समेत उहाँमा छैन ।’

परामदेशबाट आएको सरकारका कारणले पनि संसदमा अहिलेको अवस्था सिर्जना भएको उनी बताउँछन् । ‘परमादेशबाट बनेको गठबन्धन सरकारबाट धेरै अपेक्षा गर्नुु पनि गलत हुन्छ,’ उनले भने, ‘अहिलेको गठबन्धन सरकार प्रतिगमनलाई ठीक पार्‍यौँ भन्नेमा देखिन्छ । तर सरकार आफै प्रतिगमनको बाटोमा हिडेको छ ।’एमसीसीबारे नेकपा एमालेले निणर्य नगर्ने उनले बताए । ‘हाम्रो अध्यक्षले स्पष्ट रुपमा भन्नुुभएको छ ।

गठबन्धन सरकारसँग १६५ जना बहुमत सांसद छन् ।,’ उनले भने, ‘उहाँहरुले एमसीसी सदनमा टेबुुल गर्नुहुुन्छ एमालेले आवश्यक परेमा त्यसपछि मात्र निणर्य गर्छ ।’ अघिल्लो सरकारले गरेको सम्झौता भएकाले गठबन्धनका १६५ जना सांसदमा अटाएका पूर्वप्रधानमन्त्रीहरुको सल्लाहमा एमालेको सरकारले एमसीसीलाई निरन्तरता दिएको उनको भनाई थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...