राष्ट्रिय श्रमिक संघ नेपालले कैलाली जिल्लामा समिति चयन, अध्यक्षमा दाहाल





अत्तरिया, २८ मंसिर– राष्ट्रिय श्रमिक संघ नेपालले कैलाली जिल्लामा समिति चयन गरेको छ । अत्तरियामा मंगलबार बसेको राष्ट्रिय श्रमिक संघ नेपालका राष्ट्रिय महासचिव गोपाल यादवको आतिथ्यमा बसेको बैठकले समिति चयन गरेको हो ।



राष्ट्रिय श्रमिक संघले जिल्ला समितिको अध्यक्षमा मनोज दाहाल, उपाध्यक्षमा पूजा साउद, सचिवमा हेमराज भट्ट, सह-सचिवमा सुमन खडका, कोषाध्यक्षमा कृष्णा भट्टराई, सदस्यहरुमा तिलक बिक, नविन नागरिक गरी ७ जनाको कैलाली जिल्ला कार्यसमिति चयन भएको छ ।


उक्त श्रमिक संघले राष्ट्रमा उद्योगीकरण, उद्योगमा श्रमिकिकरण, श्रमिकमा राष्ट्रिय करण भन्ने मुल धार बोकि स्वतन्त्र रुपमा श्रमिकका निम्ति आवाज उठाउने एक संगठन हो ।



