धनगढीमा रहेको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने ४ जना पक्राउ

Dadhaldhura pur

धनगढी, २८ मंसिर- कैलालीको धनगढीमा रहेको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने ४ जना पक्राउ परेका छन् । आज बिहान ३ बजे धनगढी उपमहानगरपालिका–१ कैलाली पुलमा रहेको उग्रतारा ट्रेडिङ हाउसबाट ताला तोडेर चोरी गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
धनगढीको कैलाली पुलस्थीत टेकराज पनेरुले संचालन गरेको उग्रतारा ट्रेडिङ हाउस (कम्प्युटर र ल्यापटप पसल) को सटरको ताला तोडी चोरी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले ४ जना पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा धनगढी–१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, बिबेक साउद, धनगढी–१ शान्तिनगरकै उमेश भनिने आलोक चौधरी र बाजुरा बुढीगंगा नगरपालीका ८ बस्ने बिकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई चोरी मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...