अत्तरियामा खुल्यो २ करोड लगानीमा घरजग्गा खरिद विक्रि केन्द्र





अत्तरिया, २७ मंसिर– कैलालीको अत्तरियामा घरजग्गा खरिद बिक्रि केन्द्र खुलेको छ । जग्गाको खरिद र बिक्रि गर्न चाहने व्यक्तिहरुको सहजताका लागी वैधानिक रुपमा केन्द्र खुलेको हो ।



जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया अन्र्तगत धनगढीरोडमा ‘गोदावरी रियल स्टेट प्राली’ सञ्चालनमा आएको हो । स्थानीय युवा गणेशराज जोशी, निरज सावन र गणेश जोशीको संयुक्त लगानीमा घरजग्गा विक्रि केन्द्र खुलेको हो । ३ जना ले संयुक्त रुपमा ल्याएको घर जग्गा विक्रि केन्द्रमा जमिन सहित २ करोड लगानी रहेको सञ्चालक गणेशराज जोशीले जानकारी दिए ।


पछिल्लो समय तराई क्षेत्रमा जमिन कारोबार बढेको तर, बैधानिक रुपमा कारोबार गर्नेहरु नहुँदा ग्राहकहरुलाई हुने समस्या निराकण गर्न घर जग्गा बिक्रि केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकामा जग्गाको कारोबार गर्नेको संख्या बृद्धि भएको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय जग्गा खरिद बिक्रि गराउने एजेन्टका कारण जग्गाधनीहरु ठगिन थालेको गुनासो आउने गरेको छ । यस घर जग्गा विक्रि केन्द्रले गोदावरी देखि धनगढी सम्ममा घर जग्गा खरिद विक्रि गर्नेहरुका लागि धेरै नै सहज हुने जोशीले बताए । विभिन्न व्यक्तिहरुको झोलामा हुने कारोबारले गर्दा धेरै ग्राहकहरु ठगिने गरेका छन् ।



