भुपेन्द्र हत्या प्रकरण : आफन्तहरू आन्दोलित

Dadeldhura hospital

धनगढी,२७ मंसिर- कैलालीको लम्कीचुहाका युवक भूपेन्द्र बडूवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

उनीहरूले फरार अभियुक्तलाई छिटो भन्दा छिटो पक्राउ गरी कडा कारवाहीको माग गरेका हुन् ।कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेल नजिकै लम्कीका भूपेन्द्र बडूवालको हत्या भएको थियो । बडूवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् ।

Loading...