बैतडीको भुमेश्वर मावि थप ३ दिनका लागी बन्द




बैतडी, २१ मंसिर– बैतडीको भुमेश्वर माध्यमिक विद्यालय थप ३ दिनका लागी बन्द गरिएको छ । यस अघि विद्यालयका एक जना छात्रमा कोरोना भाईरस देखिएपछि यही मंसिर १९ गतेदेखी ३ दिनका लागी बन्द गरिएको विद्यालय थप ३ दिन बन्द हुने भएको हो ।



विद्यालयकी कक्षा १० मा अध्ययनरत थप एक छात्रामा कोरोना भाईरस पुष्टि भएपछि २४ गतेसम्मका लागी विद्यालय बन्द गरिएको विद्यालयकी शिक्षिका सुशिला भण्डारीले बताईन ।


संक्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको उनले बताइन । बैतडीमा अहिले ४ जना सक्रिय संक्रमित रहेका छन् ।



