अत्तरियामा ३० औं अन्र्तराष्ट्रिय अपांगता दिवस भव्यताका साथ मनाइयो

अत्तरिया, १७ मंसिर- कैलालीको अत्तरियामा ३० औं अन्र्तराष्ट्रिय अपांगता दिवस भव्यताका साथ मनाईएको छ । गोदावरी नगरपालिकामा रहेको नगरस्तरिय अपांगता कार्य सञ्जालले एक औपचारीक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

कार्यक्रम सञ्चालन गर्नु अघि अपांगता भएका व्यक्तिहरुले र्‍याली निकाली अत्तरिया बजार परिक्रमा समेत गरिएका थिए । उनीहरुले राज्यका प्रत्येक निकायमा अपांगताको सुनिश्चितता गर, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर, अपांगता मैत्री भौतिक संरचना निर्माण गर, मलाई गणना गर लगायतका नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रम सञ्जालकी अध्यक्ष पुष्पा रोकायाको सभापत्विमा आयोजित गरिएको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिह साउँद रहेका थिए भने विशिष्ठ अतिथि नगर उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले नगरपालिकाबाट अपांगता भएका व्यक्तिहरुका लागी विभिन्न कार्यक्रमहरु ल्याउदै आएको बताए । उनले अपांगता भएका व्यक्तिलाई स्थानिय तहले मात्रै नभई व्यक्तिगत रुपमा तथा विभिन्न संघसंस्थाले पनि सहयोग गर्नुपर्ने बताए । सबैको सानो-सानो सहयोगले अपांगता भएका व्यक्तिहरुको जिवन परिवर्तनमा महत्वपुणर् योगदान पुर्‍याउने बताए । उनले अपांगता भएका व्यक्तिलाई हेलाको दृष्टिले नभई सहयोगी तथा माया, सद्भाव एवम् स्नेहको दृष्टिले हेर्नुपर्ने बताए ।

उनले सुप समावेशीमा विद्यालयमा रहेका अपांगता भएका बालबालीकाहरुको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने नगरपालिकाको एउटै सोच रहेको बताए । ‘अपांगता भएका बालबालिकामा पनि विभिन्न प्रतिभा, क्षमताहरु छन’ उनले भने ‘ति क्षमता, ति प्रतिभाहरुलाई समाजमा स्थापित गर्न सके र कुनै न कुनै ठाउँमा व्यवस्थापन गर्न सके उहाँहरुको भविष्य उज्वल हुन सक्छ ।’ त्यस्का लागी नगरपालिका लागी रहेको समेत बताए ।

त्यस्तै उपप्रमुख रत्ना कडायतले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागी सहयोग गर्ने सम्पुणर् संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिन । स्थानिय पालिकाले अपांगता भएका व्यक्तिहरुलाई पनि सपांग जस्तै माया गर्नुका साथै उनीहरुको अधिकार सुनिश्चित गर्न सहयोग गर्नुपर्ने उनले बताईन् । अपांगता भएका व्यक्तिहरुका लागी नगरपालिकाले परिचयपत्र पनि वितरण गर्दै आईरहेको बताउँदै अपांगता भएका व्यक्तिहरुलाई साथ र सहयोग गर्न सबैलाई आग्रह गरिन ।

कार्यक्रममा अपांगता क्षेत्रमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानीत गरिएको थियो । अपांगताका क्षेत्रमा विगतदेखी नै विभिन्न किसिमले सहयोग पुर्‍याउदै आएको संस्था ईम्प्याक्ट नेपाल, परिलक्षितलाई सम्मानित गरिएको सञ्जालकी अध्यक्ष रोकायाले बताईन् ।गोदावरी नगरपालिका, परिलक्षित, ईम्प्याक्ट नेपाल र एनएडब्ल्युबि संस्थाको आर्थिक सहयोगमा सुप समावेशी आधारभुत विद्यालयको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन सञ्जालका सचिव ईन्द्र बहादुर बोहराले गरेका थिए ।

Loading...