बैतडीमा मतदाता नामावली संकलन कार्य सुरु

बैतडी, १३ मंसिर– आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ। जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो ।

मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए। दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहनेछ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिलो चरणमा मंसिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म जिल्लाको डिलाशैनी,सिगास,पञ्चेश्वर गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सञ्चालन हुनेछ। दोस्रो चरणमा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहनेव्यवस्था मिलाइएको जनाइएको छ। सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइनेछन्।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन्। फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्नेछ।  बैतडीमा हालसम्म १ लाख ४५ हजारभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

Loading...