बाढीपहिरो पीडितलाई राहत वितरण

डोटी, ८ मंसिर- गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरामा परी पीडित भएका सायल गाउँपालिका–१ का पीडितलाई राहत वितरण गरिएको छ । मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो ।

Dadeldhura hospital

बाढीपहिराले खेती बगाएको तथा घर बगाएर पीडित भएका परिवारलाई प्रतिपरिवारलाई कम्बल दुई, त्रिपाल एक, ३० किलो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नून वितरण गरिएको कारितास नेपालका अनुगमन मूल्याङ्कन अधिकृत माया बमले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

बाढीपहिराका कारण खेतीयोग्य जमिन तथा घर नभएर पीडित भएका परिवारलाई संस्थाले खाद्यान्नलगायत लत्ताकपडासहित राहत वितरण गरेपछि पीडित खुसी भएका छन्। उक्त बाढीपहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन्।यहाँका अधिकांस बाढीपहिरो पीडितको अहिलेसम्म पनि पालमुनी बास भएको छ। बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो। (रासस)

Loading...