दीपावली खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्व : मुख्यमन्त्री भट्ट

धनगढी, २० कार्तिक– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् ।

Dadeldhura hospital

शुभकामना सन्देश जारी गर्दै उनले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पुर्याउने समेत बताए ।

Navadurga sun
Godawari sandesh

प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका साथै कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई सबैले दीपावली मनाउनुहुनेछ भन्ने अपेक्षा गरिएकोे सन्देशमा उल्लेख छ ।

Loading...