आफ्नो गाउँ टोल, आफै बनाउ भन्ने मुल नाराका साथ बृहत सरसफाई सम्पन्न

अत्तरिया, १९ कार्तिक- कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा बृहत सरसफाई गरिएको छ । आफ्नो गाउँ टोल, आफै बनाउ भन्ने मुल नाराका साथ गौरीशंकर टोल सुधार संस्थाले आफ्नो टोल बरपर सरसफाई कार्यकरम गरेको हो ।

लक्ष्मी पुजाका दिन सबैले आ-आफ्नो घर आगँन सफा गरेपनि टोल र सडक छेउछाउमा फोहोरको थुप्रोले दुर्घन्ध फैलिन थालेपछि टोल सुधार संस्थाका सल्लाहाकार राज कुमार खड्काको नेतृत्वमा टोल सरसफाई अभियान संचालन गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

तिहारको अबसरमा पारेर सबैले गाउँ टोल सफा गर्दै आ-आफ्नो घर आगँन सधै सफा राखौ, सडकमा गाई गोरुहरु नबाधौ र बच्चाहरुलाई सडकमा जथाभावी नछाडौ भन्ने टोलबासीहरुमा सचेतना समेत फैलाइएको छ ।

आगामी दिनहरुमा अब सरसफाईलाई निरन्तरता दिदै जाने गौरीशंकर टोल सुधार संस्थाका सदस्य धर्मराज जोशीले बताए।

संस्थाका सदस्य जोशीले फोहोरमैलाका कारण बिभिन्न रोगहरु फैलिने भएकाले यसमा सबै सतर्क रहन समेत आग्रह गरेका छन् । गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाको सभापतित्वमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे हो ।

Loading...