यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ ।

त्यस्तै, युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तथा बेलायती पाउण्डको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा रहेको छ ।

Navadurga sun

यसैगरी कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३७ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा तथा यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४१ रुपैयाँ पाँच पैसा तोकिएको छ ।

ADD Khali jpg
Loading...