कैलाली र कञ्चनपुरबाट २ लाख बढीका अवैध भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट २ लाख ३४ हजार २१० मुल्यको अवैध भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको भजनी नगरपालिका–३ ठेकीपुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ७६ हजार ६०० बराबरको सामान बरामद गरिएको छ। कैलालीबाट पटका, स्विच, सोल्डिङ वायर, टीभी रिमोट, ब्याट्री चार्जर लगायतका सामान शनिबार बेलुकी इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५७ हजार ६१० बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट मिठाई, सोन पापडी, सारा बत्ति, रङ्गोली लगायतका सामान शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
Loading...