कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।


कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा बेदकोट नगरपालिका–५ बस्ने २४ वर्षीय विक्रम बमको मृत्यु भएको हो।

सोमवार मध्याह्न १२ः०० बजे महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिदा बम गम्भीर घाइते भएका थिए।
घाइते बमलाई उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्ञ्चनपुरले जनाएको छ। उपचारकै क्रममा दिउँसो १२ः५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले बताएको छ।
