बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

बैतडी- बैतडीमा चोरीको आरोपमा जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका वडा सदस्य बिनोद लुहारसहित चार जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई चोरीको आरोपमा नियन्त्रणमा लिइएको हो।

Navadurga sun

प्रहरीका अनुसार करिब एक महिनाअघि दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाँडाकुँडा चोरी भएको थियो।

उक्त चोरीको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...