सुदूरपश्चिममा वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै

अत्तरिया- अत्तरियास्थित मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार न्यूनचापीय प्रणाली कमजोर बन्दै गएपछि ठूलो वर्षाको जोखिम घट्दै गएको हो।

सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर हुँदै गएपछि वर्षाको जोखिम पनि घट्दै गएको अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ।

Navadurga sun

असोज ९ गतेदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिमको जनजीवन प्रभावित भए पनि पछिल्लो समय मौसम प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहेको कार्यालयले जनाएको हो।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार आइतबार दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएको छ। त्यसैले ठूलो जोखिम नरहे पनि वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था भने कायमै रहेको उनले बताए।

उनका अनुसार आइतबार दिउँसो सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तर, रातिदेखि प्रदेशभर मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ।

आइतबार दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराईका क्षेत्रमा सामान्यतया बदली रहनेछ। धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ।

त्यसैगरी, आइतबार रातिदेखि हिमाली, पहाडी तथा तराईका क्षेत्रमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी बुधबार भने सुदूरपश्चिमका अधिकांश स्थानमा मौसम आंशिक बदली रहने र केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बुधबार राति भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...