चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै कैलाली प्रशासन
उपभोक्ता ठगी, कालोबजारी र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न सात क्षेत्र प्राथमिकतामा
धनगढी- दसैँ, तिहार र छठ नजिकिएसँगै कैलालीमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीमा मंगलबार बसेको सरोकारवालाको बैठकले ‘चाडपर्व लक्षित बजार अनुगमन कार्ययोजना–२०८३’ पारित गर्दै अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।


चाडपर्व लक्षित बजार अनुगमनका सात प्राथमिकता
१. अत्यावश्यक वस्तुको आपूर्ति तथा सार्वजनिक यातायात
२. होटल, रेस्टुराँ तथा खाजा घर
३. दैनिक उपभोग्य वस्तु तथा फेन्सी पसल
४. पशुजन्य तथा मासुजन्य पदार्थ
५. सुनचाँदी तथा आभूषण
६. फलफूल तथा तरकारीजन्य पदार्थ
७. जनस्वास्थ्य तथा औषधि क्षेत्र

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायात, होटल–रेस्टुराँ, दैनिक उपभोग्य तथा फेन्सी पसल, पशु तथा मासुजन्य पदार्थ, सुनचाँदी तथा आभूषण, फलफूल तथा तरकारी र जनस्वास्थ्य तथा औषधि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन गरिनेछ।
अनुगमनमा तीनै तहका सरकार, नियामक निकाय, उपभोक्ता अधिकारकर्मी तथा सञ्चार क्षेत्रलाई परिचालन गरिनेछ। प्रशासनले उपभोक्तालाई मूल्यसूची हेर्न, बिल लिन र गुणस्तर तथा म्याद जाँच गर्न आग्रह गरेको छ।
