संविधान दिवसमा नेपाल टेलिकमको धमाकेदार अफर, रु ४९९ मा दैनिक ५ जीबी डाटा

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै विशेष डाटा अफर सार्वजनिक गरेको छ।

कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका विशेष डाटा प्याकेज उपलब्ध गराएको जनाएको छ।

Navadurga sun

नेपाल टेलिकमका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज खरिद गर्ने ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन्। दैनिक ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि रु ६९९ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ। यस प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक १० जीबी डाटा प्रयोग गर्न सक्नेछन्।

दैनिक १० जीबीको सीमा समाप्त भएपछि पनि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको छ।

नेपाल टेलिकमले संविधान दिवस विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुने जनाएको छ।

यस अवधिमा ग्राहकले आफूलाई आवश्यक पर्ने प्याकेज खरिद गरी ३० दिनसम्म डाटा सेवा प्रयोग गर्न सक्नेछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...