जङ्गली हात्तीको बथानले पिल्लरीफाँटामा दुई घर भत्कायो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ।

जङ्गली हात्तीको बथानले स्थानीय सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिएका छन्। हात्तीको बथानले बस्तीमै प्रवेश गरी घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

Navadurga sun

जप्रेलका अनुसार हात्तीको बथान अहिले पनि गाउँ नजिकै रहेको बैजनाथ सामुदायिक वन क्षेत्रमा रहेको छ। हात्ती बस्ती नजिकै रहेकाले स्थानीयवासीमा थप क्षतिको त्रास बढेको छ।

यसैबीच, डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसँगको समन्वयमा हात्ती रहेको क्षेत्रमा निगरानी बढाइएको बताएका छन्।

हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सुरक्षा निकायसँग समन्वय भइरहेको जोशीले बताए।

हात्ती बस्तीमै प्रवेश गरी घरमा क्षति पुर्‍याउन थालेपछि स्थानीयले तत्काल प्रभावकारी रूपमा हात्ती नियन्त्रण तथा धपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...