दशरथ चन्द विश्वविद्यालयमा १५१ स्वास्थ्यकर्मी माग, स्टाफ नर्स मात्रै ९० जना

अत्तरिया- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आफ्नो शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।

विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, बायोमेडिकल इन्जिनियर, नर्सिङ अधिकृत, रेडियोग्राफी अधिकृत, फार्मेसी अधिकृत, फिजियोथेरापी अधिकृत, ल्याब टेक्नोलोजिष्ट तथा स्टाफ नर्ससहित विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो।

Navadurga sun

विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौँ श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, डेन्टल सर्जन ४ जना र बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ।

त्यस्तै, सातौँ श्रेणीअन्तर्गत नर्सिङ अधिकृत १० जना, रेडियोग्राफी अधिकृत १ जना, फार्मेसी अधिकृत २ जना, फिजियोथेरापी अधिकृत २ जना र ल्याब टेक्नोलोजिष्ट ३ जना गरी १८ पदमा आवेदन आह्वान गरिएको छ।

सहायक पाँचौँ तहअन्तर्गत भने स्टाफ नर्स ९० जना माग गरिएको छ। यसै तहमा ल्याब टेक्निसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ।

यससँगै विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म गरी कुल १५१ जना स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी गरेको छ।

स्वास्थ्यकर्मी पदपूर्तिसँगै विश्वविद्यालयले चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको छ। चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र शिक्षण अस्पतालको अवस्थाबारे चिकित्सा शिक्षा आयोगले यसै महिनाभित्र विश्वविद्यालय तथा शिक्षण अस्पतालको अनुगमन गर्ने तयारी गरेको छ।

आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन हुने चिकित्सा तथा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमका लागि सिट संख्या निर्धारण हुने बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...