भोटेकोशी बाढीपीडितका लागि हेल्दी लिभिङ नेपाल को रु. २० लाख सहयोग
राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग मन्त्री गौरी यादवलाई चेक हस्तान्तरण
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रालि ले रु. २० लाख सहयोग गरेको छ।
कम्पनीको तर्फबाट उद्योग मन्त्रालयमा पुगेर माननीय उद्योग मन्त्री गौरी यादवलाई रु. २० लाखको चेक हस्तान्तरण गरिएको हो।

विपद्का कारण प्रभावित परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेका बेला राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
चेक हस्तान्तरण गर्दै कम्पनीको तर्फबाट विपद्मा परेका परिवारहरूको जीवनमा यस सहयोगले थोरै भए पनि राहत, आशा र हौसला थप्ने विश्वास व्यक्त गरिएको छ।
भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको शीघ्र उद्धार, प्रभावकारी राहत वितरण तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवाला पक्षले आवश्यक पहल गर्नुपर्नेमा समेत जोड दिइएको छ।
हेल्दी लिभिङ नेपाल ले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
कम्पनीले विपद्मा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
