कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

कैलाली- कैलाली प्रहरीले टीकापुर र गोदावरीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

टीकापुर नगरपालिका–२ कोठारपुरबाट सोमबार साँझ स्थानीय २९ वर्षीय सुभाष शाही र २६ वर्षीय तिलक बुढा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम ८९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

Navadurga sun

यस्तै, गोदावरी नगरपालिका–५ स्थित गेटा चेकपोस्टबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ निवासी २३ वर्षीय जगदीश विष्ट पक्राउ परेका छन्। प्रहरी चौकी गेटाबाट खटिएको टोलीले सुदूरपश्चिम प्रदेश ०२–००४ प ४५४३ नम्बरको मोटरसाइकलमा सवार विष्टलाई शंकाका आधारमा चेकजाँच गर्दा २ ग्राम २०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको हो।

प्रहरीले विष्टलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...