किसान कृषि सहकारीको अध्यक्षमा सुना कुमारी रोकाया

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुना कुमारी रोकाया चयन भएकी छन्।

संस्थाको शनिबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले रोकायालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। रोकाया यसअघि संस्थाको प्रबन्धकका रूपमा कार्यरत थिइन्। उनले केही समयअघि उक्त पदबाट राजीनामा दिएकी थिइन्।

Navadurga sun

साधारणसभाबाट संस्थाको उपाध्यक्षमा कुन्ती भाट (क्षेत्री), सचिवमा कमला साउँद र कोषाध्यक्षमा तारा खड्का चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा यदु भट्ट, लक्ष्मी कठायत, दुर्गा खड्का र चन्द बिष्ट चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले सहकारी संस्थाको संस्थागत विकास, सदस्यको हित तथा कृषि क्षेत्रमा सहकारीको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...