पुनर्वासको विद्यालयमा छात्राहरूमा बेहोस हुने समस्या, दुई दिन पठनपाठन स्थगित

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा एक्कासि बेहोस हुने, चिच्याउने, कराउने र हाँस्ने जस्ता असामान्य लक्षण देखिएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

विगत ३–४ दिनदेखि कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्रामा यस्तो समस्या देखिएको विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले जानकारी दिएका छन्। विद्यार्थीहरूमा विद्यालय पुगेपछि दिनमा एक वा दुई पटकसम्म समस्या दोहोरिने गरेको बताइएको छ।

Navadurga sun

नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार चिकित्सकसँगको परामर्शपछि यो समस्या ‘मास कन्भर्सन डिसअर्डर’ (मनोसामाजिक समस्या) भएको निष्कर्ष निकालिएको छ। प्रभावित विद्यार्थीहरूको उपचारका लागि कान्ति बाल अस्पतालका चिकित्सकसँग समन्वय गरी घरमै औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

समस्या बढ्दै गएपछि विद्यालयले बिहीबार र शुक्रबार कक्षा ५ देखि ८ सम्मका कक्षा स्थगित गरी दुई दिन बिदा दिएको छ। यसअघि पनि पुनर्वास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बिचफाँटामा यस्तै समस्या देखिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...