वाइसिएल सुदूरपश्चिमद्वारा रक्तदान कार्यक्रमको आयोजना

धनगढी- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्त अभावका कारण उपचारमा रहेका बिरामीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सोमबार धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको वाइसिएल सुदूरपश्चिम प्रदेश संयोजक बसन्त कार्कीले जानकारी दिए ।

Navadurga sun

उनका अनुसार कार्यक्रममा २१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। पछिल्लो समय विभिन्न अस्पतालमा रगतको अभाव भइरहेका बेला यस्तो कार्यक्रमले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा वाइसिएलका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...