भारतको सहयोगमा दार्चुलामा साढे ७ करोड लागतमा विद्यालय भवन बन्दै

भारतको सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् ।

Navadurga sun

भारत सरकारको करिब साढे ७ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दार्चुलामा सञ्चालन भइरहेको ११औं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास कार्यक्रममा मेयर लगायतका वक्ताहरूले भारत सरकारको उक्त सहयोगप्रति प्रशंसा गर्दै दार्चुलाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...