गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवको बिदाइ, भीमबहादुर चन्द नयाँ निर्देशक नियुक्त

अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहतमा रहेको तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्राध्यापक डा. प्रमोद कुमार यादवको मंगलबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीका अनुसार राष्ट्रिय ट्रमा सेन्टरबाट गेटा अस्पतालमा निर्देशकका रूपमा आएका डा. यादव पुनः ट्रमा सेन्टर फर्किएपछि उनको बिदाइ गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ चैत ७ गते मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई गेटा अस्पतालको निर्देशकमा नियुक्त गरेको थियो।

Navadurga sun

सरकारले गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको छ। शिक्षण अस्पतालमा रूपान्तरण भएसँगै विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दलाई नयाँ निर्देशकको जिम्मेवारी दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...