नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा

वीरगन्ज- वीरगन्जस्थित नारायणी अस्पताल का चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी)को राजीनामा माग गरेका थिए।

चिकित्सकहरूको भनाइअनुसार आफ्ना मागहरू सम्बोधन नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाइएको हो। उनीहरूले सम्बन्धित अधिकारीहरूको राजीनामा नआए देशभरका चिकित्सकहरूले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

Navadurga sun

अस्पतालका बालरोग विशेषज्ञ डा. रामसुफल राम का अनुसार करिब ७० जना चिकित्सक कार्यरत रहेको अस्पतालमा हालसम्म ६०–६५ जनाभन्दा बढी चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साह समक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। यस घटनाले नारायणी अस्पतालको स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित हुने सम्भावना देखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...