अपाङ्गता अधिकार र समावेशी विकासबारे मन्त्री वादी–सांसद प्रसाईं छलफल

काठमाण्डौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंबीच अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका विषयमा छलफल भएको छ।

मन्त्रालयमा भएको छलफलमा मन्त्री वादीले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, प्रवर्द्धन र आर्थिक सशक्तीकरण नेपाल सरकारको प्राथमिकतामा रहेको बताए।

Navadurga sun

मन्त्री बादीले भने, “सहायता मात्र होइन, उत्पादनको बजार सुनिश्चित गर्नु नै दिगो सशक्तीकरण भएकाले सरकारी निकायले उदाहरण प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोग बढाउनुपर्छ।”

उनले अपाङ्गता भएका व्यक्तिद्वारा उत्पादन गरिएका गुणस्तरीय सामग्रीको प्रयोगलाई सरकारी निकायबाटै प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गर्दै प्राप्त सुझावलाई आवश्यक अध्ययन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा अघि बढाइने विश्वास दिलाए।

त्यसअवसरमा सांसद प्रसाईंले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन, अधिकार संरक्षण, सम्मानपूर्ण जीवनयापन, समावेशी विकास तथा सामाजिक–आर्थिक सशक्तीकरणका लागि आवश्यक नीतिगत तथा व्यवहारिक सुधारका विषयमा सुझाव प्रस्तुत गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ।

उनले अपाङ्गता भएका व्यक्तिद्वारा उत्पादन गरिएका धूप, सरसफाइ र हस्तकलाका सामग्री खरिद तथा प्रयोगलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराए।

सांसद प्रसाईले यस्ता उत्पादनको बजार सुनिश्चित गर्नसके अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...