सुदूरपश्चिममा विपद् व्यवस्थापन सुदृढ गर्न दुई कार्ययोजना अनुमोदन

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुई महत्त्वपूर्ण कार्ययोजना अनुमोदन गरेको छ। शनिबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना, २०८३ र बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) लाई स्वीकृति दिएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

अनुमोदित मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान तथा सडक अवरोधजस्ता वर्षायाममा हुन सक्ने जोखिमको पूर्वानुमान, जोखिम न्यूनीकरण, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि स्पष्ट कार्यविभाजन गरिएको छ। साथै आपत्कालीन अवस्थामा कुन निकायले कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था पनि कार्ययोजनामा समेटिएको छ।

Navadurga sun

त्यसैगरी, बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५–२०३०) ले प्रदेशभर प्रभावकारी पूर्वसूचना प्रणालीको विकास र विस्तारमा जोड दिएको छ। जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई ध्यानमा राख्दै मानवकेन्द्रित पूर्वानुमान, सञ्चार संयन्त्र सुदृढीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

बैठकमा मुख्यमन्त्री शाहले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी समयमै सूचना प्रवाह, उद्धार तथा राहतका सबै तयारी पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले विपद् व्यवस्थापन प्रभावकारी बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। बैठकमा विषयगत मन्त्रालयका मन्त्री, सचिव तथा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...