करोडौँ बजेट छुट्याइए पनि कृषि कार्यक्रम अलपत्र

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, बजारीकरण र किसानको आम्दानी बढाउने उद्देश्यले सञ्चालन गर्ने विभिन्न कार्यक्रम चालु आर्थिक वर्षमा कार्यान्वयन हुन सकेनन्। कार्यविधि निर्माणमा ढिलाइ, प्राविधिक तयारीको अभाव, खरिद प्रक्रिया र प्रशासनिक समस्याका कारण करोडौँ रुपैयाँ बजेट खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ।

Ganyapdhura gau
Dadhaldhura pur

कार्यविधि निर्माणमा ढिलाइ, खरिद प्रक्रिया, प्राविधिक तथा प्रशासनिक समस्याका कारण अधिकांश योजना कार्यान्वयन हुन सकेनन्; आगामी आर्थिक वर्षमा पुनः बजेट विनियोजन गरिएको छ।

Navadurga sun
Godawari sandesh

भैंसी मूल्य शृंखला सुधार, स्थानीय बाली उत्पादनमा अनुदान, कृषि उत्पादन प्रशोधन तथा बजारीकरण, मिल्क पाउडर उद्योग स्थापना, व्यवस्थित बधशाला निर्माण, कृषि एम्बुलेन्स सञ्चालन तथा कस्टम हायरिङ सेन्टर स्थापना लगायतका कार्यक्रम प्रभावित भएका छन्। अधिकांश योजना आगामी आर्थिक वर्ष २०८३/०८४ मा पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आन्दोलन, सरकारी खर्च नियन्त्रण, निर्वाचन र निर्वाचन आचारसंहिताका कारण पनि कार्यक्रम सञ्चालनमा ढिलाइ भएको हो।

Couple
Loading...