कैलालीमा पावर टेलर पल्टिदा चालकको मृत्यु

धनगढी- कैलालीमा पावर टेलर पल्टिदा चालकको मृत्यु भएको छ।

जिल्लाको जानाकी गाउँपालिका–८ आमपुर भक्रैया स्थित वुधबार बिहान सोही गाउँपालिका–५ पथरैया बस्ने २५ वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो।

Navadurga sun

पावर टेलर अनियन्त्रित भई पल्टिदा चौधरी गम्भिर घाइते भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...