कैलालीमा तीन उत्कृष्ट कृषक सम्मानित

कैलाली- यस वर्ष ‘२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३’ को अवसरमा सोमबार कृषि ज्ञान केन्द्र कैलालीले यहाँका स्थानीय तीन जना कृषकलाई ‘भीमदत्त ’उत्कृष्ट कृषक पुरस्कार–२०८३’बाट पुरस्कृत गरेको छ। 

लामो  समयदेखि व्यावसायिक कृषि पेसामा आबद्ध घोडाघोडी नगरपालिका–२ का माछापालक कृषक मनोज खनाल, घोडाघोडी नगरपालिका–८ का तरकारीखेती गरिरहनुभएका धनबहादुर चौधरी र चुरे गाउँपालिका–१ का  फलफूल खेती गरिरहनुभएका रीताकुमारी देउवालाई जनही नगद रु २५ हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।

Navadurga sun

जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीले नगदसहित प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै पुरस्कृत किसानलाई बधाइ दिए।  रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...