गेटा आँखा अस्पताल संघर्ष समितिद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

अत्तरिया- कैलालीको गोदावरी–५ स्थित गेटा आँखा अस्पताल संघर्ष समितिले आफ्ना विभिन्न मागहरू सम्बोधन गराउन पहल गरिदिन आग्रह गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ

गणेश विष्टको संयोजकत्वमा गठित समितिले अस्पताल व्यवस्थापनसमितिसँग राखिएका मागहरू कार्यान्वयनका लागि प्रशासन र व्यवस्थापनबीच समन्वय गरिदिन अनुरोध गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

समितिले कर्मचारीमाथि हुने प्रशासनिक दमन अन्त्य गर्न, उमेरहद नाघेका कर्मचारीलाई अवकाश दिन तथा नेपाल नेत्रज्योति संघको आजीवन सदस्यता खुला गर्नुपर्ने माग अघि सारेको छ । साथै अस्पतालको व्यवस्थापन समितिमा कम्तीमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

समितिले हालको व्यवस्थापन समिति सीमित व्यक्तिको उपस्थितिमा गठन भएको भन्दै यसको औचित्यमाथि प्रश्न उठाएको छ । आजीवन सदस्यता तत्काल खुला गरी वर्तमान व्यवस्थापन समिति भंग गर्न, साधारणसभा आह्वान गरी स्थानीयको ५० प्रतिशत सहभागितासहित नयाँ व्यवस्थापन समिति गठन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यस्तै, आजीवन सदस्यता शुल्क सर्वसाधारणको पहुँचअनुसार निर्धारण गर्न र अस्पतालमा आवश्यक चिकित्सकको पदपूर्ति गर्नुपर्ने माग समेत राखिएको छ ।

गेटा आँखा अस्पतालमा कर्मचारीहरूमाथि हुने भनिएको बेथिति र दमनविरुद्ध विगतमा पनि विभिन्न आन्दोलन हुँदै आएको स्मरण गराउँदै समितिले आफ्ना मागहरूको सुनुवाइ नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

Loading...