धनगढीको नवजीवन अस्पतालमा मृत्यु प्रकरण, २२ लाख क्षतिपूर्तिमा सहमति

धनगढी- कैलालीको नवजीवन अस्पताल मा उपचारका क्रममा सनम बिकको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः सहमतिमै टुंगिएको छ। मृतक परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि अस्पतालले २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको पीडित पक्षले जनाएको छ।

टनसिलको शल्यक्रियापछि पुनः रगत बगेका कारण अस्पतालमा भर्ना गरिएकी सनमको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका थिए। घटनापछि अस्पताल प्रशासन र परिवारबीच पटक–पटक वार्ता भएको थियो।

Navadurga sun

अन्ततः दुवै पक्षबीच २२ लाख रुपैयाँ क्षतिपूर्तिसहित सहमति भएपछि विवाद साम्य भएको बताइएको छ। घटनाबारे उठेका प्रश्न र आरोपहरू सार्वजनिक चासोको विषय बनेका छन्। यद्यपि आर्थिक क्षतिपूर्तिसहितको सहमतिपछि विवाद औपचारिक रूपमा अन्त्य भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...