गोदावरी नगरपालिका मा बहु–प्रकोप सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका मा बहु–प्रकोप सम्बन्धी कृत्रिम घटना नमूना अभ्यास सम्पन्न गरिएको छ। नगरपालिकाको विपद् व्यवस्थापन शाखाको समन्वयमा आयोजित उक्त अभ्यासमा विपद् न्यूनीकरण, उद्धार क्षमता अभिवृद्धि तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रमअन्तर्गत भूकम्प, आगलागी, बाढीपहिरो लगायतका सम्भावित विपद्का घटनालाई आधार बनाएर प्रयोगात्मक अभ्यास गरिएको थियो। विपद् जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक सुरक्षा सतर्कता, तत्काल उद्धार तथा प्राथमिक उपचारका उपायबारे सहभागीलाई व्यवहारिक जानकारी गराइएको थियो।

Navadurga sun

कृत्रिम अभ्यासका क्रममा सेवाग्राही, सर्वसाधारण, विद्यार्थी तथा सरोकारवाला निकायलाई आकस्मिक अवस्थासँग कसरी सामना गर्ने भन्नेबारे प्रत्यक्ष प्रदर्शन गरिएको थियो। आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अभ्यासमार्फत देखाइएको थियो।

कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल रेडक्रस सोसाइटी लगायत सुरक्षा तथा मानवीय संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै विभिन्न सरकारी कार्यालय, संघसंस्था, विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अभ्यासका क्रममा खोज तथा उद्धार कार्य सञ्चालन गर्ने तरिका, घाइतेलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रक्रिया तथा राहत वितरण व्यवस्थापनबारे समेत प्रदर्शन गरिएको थियो।

नगरपालिकाले यस्ता अभ्यासले समुदायमा विपद् सम्बन्धी सचेतना बढ्नुका साथै वास्तविक घटनाको समयमा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...