शिक्षा सुधार र रोजगारी समाधानमा केन्द्रित सुदूरपश्चिम सरकार: मुख्यमन्त्री शाह

कैलाली- कमलबहादुर शाह ले सुदूरपश्चिम प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारसँगै बेरोजगारी समस्या समाधानतर्फ केन्द्रित रहेको बताएका छन्।

सोमबार कैलाली स्थित बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले सीमित स्रोत साधनका बाबजुद पनि प्रदेश सरकारले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुख्यमन्त्री शाहका अनुसार हाल करिब ९० प्रतिशत बालबालिका आधा किलोमिटरको दूरीभित्र शिक्षाको पहुँचमा पुगेका छन्। बाँकी १० प्रतिशत बालबालिकालाई पनि सडक सञ्जाल विस्तारमार्फत विद्यालय पहुँचमा ल्याउने योजना रहेको उनले बताए।

कलेज भवन निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा १० करोड रुपैयाँ विनियोजन गरेको छ।

कार्यक्रममा मेघराज खड्का, कर्ण कुँवर, अम्बिका चलाउने तथा हेमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।

Loading...