सरकारी कार्यालयका निवेदनमा अब एउटै ढाँचा लागू हुने

काठमाडौं- सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशभरका सरकारी निकायलाई प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो।

मार्गदर्शन लागू भएपछि सरकारी कार्यालयपिच्छे फरक–फरक निवेदन लेख्नुपर्ने र ढाँचाबारे सेवाग्राहीमा हुने अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। देशभरका सरकारी निकायमा निवेदनका लागि एउटै निश्चित ढाँचा कायम गरिनेछ।

Navadurga sun

सरकारले निवेदन प्रक्रियालाई क्रमशः डिजिटल तथा सूचना प्रविधिमैत्री बनाउने जनाएको छ। यसबाट आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने आधार तयार हुने बताइएको छ।

निवेदन भर्दा सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्नुका साथै सरकारी कार्यालय परिसरमा शुल्क लिएर अनधिकृत रूपमा सेवा सहजीकरण गर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्न मार्गदर्शनले सहयोग गर्ने अपेक्षा गरिएको छ।

मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित सरकारी कार्यालयका कार्यालय प्रमुखलाई तोकिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...