कैलालीको बुढीतोलामा भोलिदेखि पर्यटन महोत्सव, तयारी पूरा

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा वैशाख १७ गतेदेखि सुरु हुने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी बुधबार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । महोत्सव वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति तथा बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन भोलि बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि बुढीतोला बजार क्षेत्रमा प्रभातफेरी आयोजना गरिनेछ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर, चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका संयोजक हरि भट्टराईले जानकारी दिएका छन् ।

पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ ।

आयोजकका अनुसार महोत्सव आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, संस्कृति र व्यवसाय प्रवर्द्धनमा केन्द्रित हुनेछ । मेलामा बुढीतोलाको मौलिकता झल्काउने सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन तथा घरेलु उत्पादनका स्टलहरू मुख्य आकर्षणका केन्द्र बिन्दुका रुपमा रहनेछन् ।

सल्लाहकार समितिका सदस्य अशोक मल्लले यस महोत्सवले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Loading...